Birgunj News24
मलंगवामा हिन्दु धर्मावलम्बीमाथि भएको आक्रमणप्रति राप्रपा नेपालको आपत्ति

काठमाडौं, ५ असोज । राप्रपा नेपालले सर्लाहीको मलंगवामो हिन्दुधर्मावलम्बीमाथि भएको आक्रमणप्रति आपत्ति जनाएको छ । 

शुक्रबार राप्रपा प्रवक्ता वसन्तमान सिंह अधिकारीले विज्ञप्ति जारी गरेर हिन्दुधर्मावलम्बीमाथिको आक्रमण तत्काल रोक्न र दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । 

विज्ञप्तिको पूर्णपाठ ः

मिति : २०८० असोज ५ गते

प्रेस विज्ञप्ति

गत भदौ २० गते श्रीकृष्णजन्माष्टमीको दिन मुर्ती विसर्जनको बेला भएको सांघातिक आक्रमणले पारेको प्रभाव र तनाव सेलाउन नपाउँदै मलङ्गवामा नै फेरी गणेश चौथीका दिन गणेशको मुर्ति विसर्जन गर्न जाँदा हिन्दुहरु माथी हमला भएको घटना प्रति राप्रपा नेपालको गंभीर ध्यान आकर्षित भएको छ । धार्मिक सद्भाव खलबल्याउने यस्ता कार्य तत्काल रोकिनुपर्छ । घटनाका दोषीलाई सरकारले कानुनी कार्वाही गरोस् भन्ने राप्रपा नेपाल माग गर्दछ ।

सनातनी हिन्दूहरूमाथि बारम्बार आक्रमण र सांघातिक आक्रमण भैरहँदा स्थानीय प्रशासनले दोषी उपर कारवाही गर्नुको सट्टा हिन्दूहरूलाई नै दबाउने प्रयास गर्ने गरेको प्रति राप्रपा नेपाल खेद प्रकट गर्दछ ।

उक्त घटनामा घाईते भएका रुपेस यादवको शिघ्र स्वास्थलाभको राप्रपा नेपाल कामना गर्दछ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update