Birgunj News24
रक्सौल–बिरगंज मितेरीपुल क्षेत्रमा संयुक्त बृहत सरसफाइ कार्यक्रम सम्पन्न।

बिरगंज २१ मंसिर, आनन्द पटेल 

नेपाल–भारत सीमास्थित ऐतिहासिक र प्रतीकात्मक महत्व बोकेको मितेरीपुल क्षेत्रमा शुक्रबार बिहान संयुक्तरूपमा बृहत सरसफाइ अभियान सम्पन्न गरिएको छ। दैनिक हजारौँको आवागमन हुने यो पुललाई स्वच्छ, सुरक्षित र आकर्षक बनाउन बहु–संस्थाबीचको उल्लेखनीय सहकार्यमा अभियान अघि बढाइएको हो।

सरसफाइ कार्यक्रम बिरगंज महानगरपालिकाको पहलमा तथा
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण,जिल्ला प्रहरी कार्यालय पर्सा,ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर,र भारतीय सुरक्षा बल (SSB) ४७ बटालियनको संयुक्त सहकार्यमा सम्पन्न भएको थियो।

यातायातको चाप, भारत–नेपालबीचको व्यापारिक आवागमन र पैदल यात्रुको भीड हुने मितेरीपुल क्षेत्रमा लामो समयपछि यति ठूलो स्तरमा सरसफाइ अभियान सञ्चालन हुनुले समितिहरूको समन्वय र दुवै देशका निकायबीचको मित्रता प्रष्ट झल्किएको सहभागीहरूले बताएका छन्।

पुर्खौली मितेरीपुललाई सुन्दर बनाउने लक्ष्य नेपाल–भारत मित्रताको इतिहास बोकेको मितेरीपुलमा थुप्रिएको फोहोर हटाइयो,झाडी तथा अव्यवस्थित सामग्री सफाइ गरियो,सडक तथा छेउछाउ क्षेत्र धुने, सरसफाइ र व्यवस्थापनको काम गरिएको थियो।


अभियानले सीमाक्षेत्रलाई स्वच्छतासँगै सुव्यवस्थित बनाउने तथा यात्रुहरूको सहजताको लागि सहयोग पुग्ने बताइएको छ।मायाको चिनो : रुखको बिरुवा हस्तान्तरण कार्यक्रमका क्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले सीमाक्षेत्रको हरियाली तथा वातावरण संरक्षणको सन्देश दिन भारत–नेपाल सीमामा तैनाथ भारतीय सुरक्षा बल SSB ४७ बटालियनका प्रमुखलाई ठुलो गमला सहितको रुखको बिरुवा प्रदान गरे।उनले सीमाक्षेत्र व्यवस्थित तथा हरियालीयुक्त बनाउन दुवै देशका निकायको निरन्तर सहकार्य आवश्यक रहेको बताए।

उच्च सुरक्षा अधिकारीहरूको विशेष उपस्थिति कार्यक्रमको नेतृत्व ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए।उक्त कार्यक्रममा भारतीय सुरक्षा बल SSB ४७ बटालियनका कमाण्डिङ अफिसर (CO) संजय रावत,डिपुटी कमाण्डेन्ट दीपक कृष्णा (DY),डिपुटी कमाण्डेन्ट नवीन कुमार (DY)लगायतका अधिकारीहरूको सम्मानजनक उपस्थिती रहेको थियो।नेपालतर्फ सशस्त्र प्रहरी,जिल्ला प्रहरी,ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र अन्य स्थानीय प्रतिनिधिहरू समेत सक्रिय रूपमा सहभागी थिए।

सहयोग र सद्भावको उदाहरण अभियानमा सहभागीहरूका अनुसार सीमाक्षेत्रमा दुवै देशका सुरक्षाकर्मी, स्थानीय निकाय, समुदाय र सामाजिक संस्थाबीचको यस्तो सहकार्यले दुवैतर्फको सम्बन्ध झनै मजबुत बनाउनेछ।
स्थानीयवासीले पनि नियमित सरसफाइ तथा हरियाली संरक्षणका कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update