जनकपुर। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवले आफ्नो शपथग्रहणको मिति तय गरेका छन्।
कांग्रेसका एक सांसदका अनुसार ६ दलीय गठबन्धनको सुझावअनुसार यादवले आइतबार बिहान ११ बजे शपथग्रहण गर्ने कार्यक्रम तय गरिएको हो।
गठबन्धनका सबै दलले आइतबार शपथग्रहण गर्ने दिएको सुझाव अनुसार शपथग्रहणको कार्यक्रम तय गरिएको हो ।
यादवको नियुक्ति संविधानको धारा १६८ (२) बमोजिम गरिएको हो।
सात दलका ७७ जना सांसदको हस्ताक्षरसहित पेश गरिएको दाबीको आधारमा प्रदेश प्रमुख सुरेन्द्र लाभले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
यससँगै मधेस प्रदेशमा नयाँ सरकारको औपचारिक जिम्मेवारी सम्हाल्ने प्रक्रिया सुरु हुने भएको छ ।
शपथग्रहणपछि मुख्यमन्त्री यादवले प्रदेशको प्रशासनिक कार्य सञ्चालन गर्दै विकास र सुशासनतर्फ केन्द्रित नीति अघि बढाउने अपेक्षा गरिएको छ।



