Birgunj News24
महोत्तरीमा धान खेतमा दाईगर्न तयार पारेर राखेको धान मा आगजनी।

महोत्तरीमा दाइँ गर्न तयार पारेर राखिएको १२ कठ्ठाको धानमा आगजनी भएको छ । महोत्तरीको भंगाहा नगरपालिका वडा नं ९ हरिनमरीका किशोरी यादवको धान अज्ञात व्यक्तिले जलाइदिएका हुन् ।

खडेरीको बेला पनि अत्यन्त मिहिनेत गरेर फलाएको धान दाइँ गरेर भित्राउने बेला आगजनी भएपछि यादव परिवार मर्माहत भएको छ ।

परिवारका सदस्यहरुले १२ कठ्ठा खेतमा फलेको धान काटेर दाइँ हाल्न ठिक्क पारेका थिए । ट्याक्टरवालाले आज दिउँसो दाइँ गरिदिने समय दिएको थियो ।

तर घरपरिवार बिहानै उठेर खेतमा जाँदा धान नै जलेर खरानी भएको अवस्थामा देखेको पीडित यादवले बताए ।

कसैले रिसिबीले आफ्नो धान जलाएर नष्ट गरेको हुनसक्ने पीडित यादवले बताए । घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाएर कडा कारबाही गर्न उनले माग गरेका छन्

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update