Birgunj News24
“सञ्जु साहको नेतृत्वमा परवानिपुरमा जसपा नेपालको जनजागरण उत्साहपूर्ण, २८ बुँदे मागलाई जनताको जोरदार साथ”।

मंसिर १८ आनन्द पटेल

जसपा नेपालद्वारा अघि सारिएको २८ बुँदे मागलाई जन–जनमा पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको राष्ट्रिय जनजागरण अभियानअन्तर्गत पर्सा क्षेत्र नं.–४ को परवानिपुर चौकमा आज आयोजित कार्यक्रम अत्यन्तै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम क्षेत्रीय अध्यक्ष सञ्जु साहको अध्यक्षतामा भएको हो।

देश असमानता, अस्थिरता र अपमानजनक प्रतिनिधित्वको समस्यामा फसिरहेको अवस्थालाई सम्बोधन गर्न जसपा नेपालले जनतामाझ तीन प्रमुख प्रतिज्ञा स्पष्ट रूपमा प्रस्तुत गरेको छ—

प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक समावेशी संसद र जनसंख्या आधारित निर्वाचन क्षेत्र। पार्टीका नेताहरूका अनुसार यही संरचनागत परिवर्तनले मात्र देशमा स्थायित्व, समानता र न्याय सुनिश्चित हुन्छ।

कार्यक्रममा युवा, किसान, मजदूर, व्यापारी, महिला तथा Gen-Z को उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूको जोश, उत्साह र चासोले समाजमा राजनीतिक परिवर्तन र सुधारप्रति बलियो चाहना रहेको संकेत दियो।

वक्ताहरूले जसपा नेपालको २८ बुँदे माग कुनै साधारण राजनीतिक कागज होइन, समानता र समावेशितामूलक राज्य संरचना निर्माणको राष्ट्रिय प्रतिज्ञा भएको बताउँदै यसको महत्व जनतामाझ व्याख्या गरे।

परवानिपुरका स्थानीयवासीप्रति धन्यवाद व्यक्त गर्दै नेताहरूले जनताको समर्थन र हौसलाले अभियानलाई अझ मजबुत बनाएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update