Birgunj News24
पिस पोस्टर प्रतियोगितामा हर्षिता कुशवाहाको प्रभावशाली सफलता—तेस्रो स्थान प्राप्त।

मंसिर १७ वीरगञ्ज आनन्द पटेल ।

 लायन्स क्लब अफ वीरगञ्ज परिवारद्वारा आयोजित पिस पोस्टर कन्टेस्ट–२०२५ मा रोयल एकाडेमी विद्यालयकी कक्षा–८ की विद्यार्थी हर्षिता कुशवाहाले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेकी छन्। कडा मेहनत, निरन्तर अभ्यास र कलाप्रतिको लगावका साथ उनले प्रतियोगितामा प्रभावशाली प्रस्तुति दिएकी थिइन्।
पुरस्कार प्राप्त गरेपछि हर्षिताले प्रतियोगिता आयोजना गरेर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेकोमा लायन्स क्लब अफ वीरगञ्ज परिवारप्रति आभार व्यक्त गरिन्। साथै उनले विद्यालयका शिक्षक–शिक्षिका, सहपाठी तथा साथीसङ्गी सबैप्रति निरन्तर सहयोग र प्रेरणाका लागि धन्यवाद दिइन्।
विद्यालयकी प्रधानाध्यापक विजया ओझैयाले हर्षिताको सफलता प्रशंसनीय भएको बताउँदै विद्यालयका अधिकांश विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापमा उत्कृष्ट उपलब्धि हासिल गर्दै विद्यालयको प्रतिष्ठा उकासेकोमा खुशी व्यक्त गरिन्। उनले हर्षितालाई बधाई दिँदै भविष्यमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update