Birgunj News24
छिमेक लघुबित बितिय संस्था लिमिटेडको २५ औँ वार्षिक  अवसरमा बृद्धआश्रममा खाद्यान्न सामाग्रीहरु हस्तान्तरण ।

वीरगञ्ज– छिमेक लघुबित बितिय संस्था लिमिटेडको आफ्नो २५ औँ वर्ष प्रवेश गरेको अवसरमा ठोरी गाउँपालिकामा रहेको बृद्धआश्रममा विभिन्न खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरिएको छिमेक लघुबित बितिय संस्था लिमिटेड पर्सा शाखाका प्रमुख रन्जन कुमार महतोले बताएका छन् ।

छिमेक लघुबित बितिय संस्था लिमिटेड सुर्वणपुरको आयोजना तथा अन्य शाखाहरुको समन्वयमा उक्त खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरिएको हो। संस्थाले अहिले सामाजिक क्षेत्रमा पनि योगदान गर्ने र योगदान विगत वर्षदेखि आउने क्रममा यो वर्ष पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर १ मा रहेको बृद्ध बृद्धा तथा असहाय कल्याण समाजलाई रु ३५ हजार भन्दा धेरैको खाद्यान्न सामाग्रीहरु सहयोग गरिएको प्रमुख महतोले बताएका हुन । छिमेक लघुबित बितिय संस्था लिमिटेड केन्द्रीय कार्यालयका विश्वनाथ सिक्देल,मधेस प्रदेशका प्रमुख श्रीलालबाबु यादव सुर्वणपुरका प्रमुख ओमप्रकाश चौधरी लगायतको टोली रहेको थियो ।

संस्थाको २५ औँ वर्षमा प्रवेश गरेको शुभअवसरमा हामीलाई यस यात्रामा सल्लाह सुझाव सहयोग एवम् मार्गदर्शन प्रदान गर्नुहुने सदस्य वर्ग स्थानीय तह तथा अन्य निकायहरु संचालक शेयरधनी कर्मचारी शुभेच्छुक लगायतलाई हार्दिक कृतज्ञा ज्ञापन गदै आगामी दिनहरुमा थप हाम्रा सेवाहरुलाई जनता समुक्ष प्रभावकारी बनाउदै लैजाने हाम्रो प्रयास र प्रतिबद्धता रहेको प्रमुख महतोले बताएका छन् । हामीले विपन्न तथा असहाय गरिव बृद्ध अपांग लगायत अन्य पछाडि परेका ब्यक्तिहरुलाई संस्थाले सहयोग गदै आइरहेकोमा यो वर्ष पनि यसलाई निरन्तरता प्रदान गरिएको प्रमुख महतोले बताएका हुन ।उनले भने संस्था जहिले पनि सेवामूलक भावनात्मक रुपमा अगाडि बढाउने हाम्रो प्रयास रहने बताएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update