काठमाडौं । जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन घोषणा भएपछि देशभर झन्डै साढे ८ लाख मतदाता थपिएका छन्।
निर्वाचन आयोगका अनुसार आशोज ९ देखि मंसिर ५ सम्म खुला गरिएको मतदाता नामावली संकलनमा ८ लाख ३७ हजार ९४ मतदाता सूचीकृत भएका हुन्।
थपिएका मतदातामध्ये पुरुष ४ लाख ७३ हजार ३४५, महिला ३ लाख ६३ हजार ७७८ तथा अन्य ६१ जना रहेका छन्।
आयोगका अनुसार ३ लाख ४४ हजार ९१४ मतदाता नियमित प्रक्रियाबाट तथा ४ लाख ९२ हजार १८० जना राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकमार्फत मतदाता सूचीमा समावेश भएका हुन्।
यसअघि कात्तिक १६ सम्म देशभर १ करोड ८१ लाख ६८ हजार २३० मतदाता दर्ता भएको आयोगले जनाएको थियो।
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२ १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



