Birgunj News24
मुख्यमन्त्री यादव: “सुरक्षा चुनौती जनताबाट होइन, आन्दोलनकारीबाट।

जनकपुरधाम , मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेको बताएका छन् । शनिबार मधेश प्रदेशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले आफूलाई आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको बताएका हुन् ।मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सीमित कार्यक्रमहरूमा मात्रै सहभागी हुन भनेको पनि बताए । ‘सुरक्षा निकायकै रिपोर्टिङअनुसार मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरू अलिकति कम गर्नुपर्‍यो । सीमित कार्यक्रमहरू राख्नुपर्‍यो । सुरक्षा चुनौती छ । संवेदनशील भइदिनुपर्‍यो भनेर आइसकेपछि यी विषयवस्तुहरू मैले कसलाई भन्ने रु,’ उनले प्रश्न गरे ।

मुख्यमन्त्री यादवले आफू सुरक्षित नभए अन्य दलका संसादहरूलाई पनि सुरक्षा चुनौती हुने जिकिर गरे । ‘सुरक्षा थ्रेट मलाई अरू कोबाट हुन्छ रु जनताबाट त हुँदैन । आन्दोनलकारीबाटै हुन्छ’, यावदवले भने, ‘म सुरक्षित छैन भने अन्य कुनै व्यक्ति सुरक्षित हुन सक्दैन ।

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update