बिरगंज, पर्सा आनन्द पटेल – ग्लोबल बिजनेस क्याम्पसद्वारा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व ग्लोबल बिजनेस क्याम्पसका प्रधानाध्यापक श्रीराम दासले गर्नुभएको थियो। कार्यक्रमका मुख्य अतिथि पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठक र पर्सा सशस्त्र प्रहरी उपरीक्षक पुरणराज भट्ट रहनु भएको थियो। त्यस्तै विशिष्ट अतिथिको रूपमा नेपाल रेडक्रस सोसाइटी, पर्साका सभापति बृजकिशोर पटेल र नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका निमित्त कार्यालय प्रमुख वीरशमशेर प्रसाद कुर्मी उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा ग्लोबल बिजनेस कलेजका संस्थापक तथा फाइनान्स हेड अशोक सराफ, संस्थापक तथा एचआर हेड ओमप्रकाश श्रेष्ठ, र नेपाली विभाग प्रमुख सन्दीप राज साह लगायत कलेजका शिक्षक, विद्यार्थी तथा समाजसेवीहरू उपस्थित थिए। रक्तदान कार्यक्रममा कुल १७३जना स्वयंसेवकहरूले रक्तदान गरेका थिए, जसमा ३५ जना महिला र १३८ जना पुरुष सहभागी भएका थिए।
कार्यक्रमको उद्देश्य युवाहरूमा सामाजिक उत्तरदायित्व, मानवता र परोपकारको भावना जगाउने रहेको थियो। ग्लोबल बिजनेस क्याम्पसले भविष्यमा पनि यस्ता मानवसे वामूलक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



