Birgunj News24
जिल्ला स्तरमा कैदी–बंदीको संरक्षणमा सक्रिय भूमिका आवश्यक: अध्यक्ष श्याम बन्जारा।

पर्सा — मनाव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपाल, पर्सा शाखाले आफ्नो प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको छ। उद्घाटन समारोह मञ्चका पर्सा जिल्ला संयोजक राजु बैठाको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष लक्ष्मी कुमारी खाणको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

उद्घाटन समारोहमा बोल्दै नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले मानवअधिकार संरक्षण र कैदी बन्दीहरूको न्यायिक अधिकार सुनिश्चित गर्न मञ्चको भूमिका महत्वपूर्ण रहेको बताए। उनले आगामी कार्यविधि, सामाजिक सचेतना अभियान, र जिल्ला स्तरमा कैदी बन्दीको संरक्षण तथा कल्याणका लागि सक्रिय भुमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।

अध्यक्ष बन्जाराले नयाँ कार्य समितिलाई सफलताको शुभकामना दिंदै, मञ्चले स्थानीय तहसम्म आफ्नो पहुँच विस्तार गरी समाजमा देखिएका छुवाछुत, जातीय भेदभाव जस्ता विकृतिहरूको अध्ययन गरी योजनाबद्ध तरिकाले समाधानका उपायहरू अवलम्बन गर्न सुझाव दिनुभयो।

कार्यक्रममा मञ्चका पदाधिकारी, सदस्यहरू, विभिन्न तहका प्रतिनिधिहरू, सामाजिक काममा संलग्न व्यक्ति र मानवअधिकारका पक्षधरहरूको सहभागिता रहेको थियो

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update