Birgunj News24
पर्सामा गोल्डेन हत्याकाण्ड : तीन जना युवामाथि आरोप, अदालतको आदेशमा कारागार चलान ।

वीरगंज, कार्तिक १५ – आनन्द पटेल
पर्सा प्रहरीले ‘गोल्डेन’ भनेर चिनिने शिवम साह कानुको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई शुक्रबार वीरगंज कारागार चलान गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असोज ८ गते राति करिब ११:३० बजे वीरगंज महानगरपालिका–१० मन्दिर सडक छेउमा भएको हत्या प्रकरणमा संलग्न प्रमाण भेटिएपछि अदालतको आदेशमा उनीहरूलाई कारागार चलान गरिएको हो।

कारागार चलान हुनेहरूमा वीरगंज–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभाष चौरसिया र २२ वर्षीय अमित पटेल उर्फ प्रकाश पटेल रहेका छन्।

पर्सा प्रहरीका नायब उपरीक्षक तथा सूचना अधिकारी हरीबहादुर बस्नेतका अनुसार तीनै जनामाथि ‘कुख्यात अपराधी गोल्डेन भनिने शिवम साह कानुको योजनाबद्ध हत्या’मा संलग्नता रहेको ठहर भएको छ। बस्नेतले विज्ञप्ति मार्फत घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update