Birgunj News24
मोन्था’ चक्रवातको प्रभाव : मधेशसहित देशभर मौसम प्रतिकूल, भारी वर्षाको चेतावनी ।

वीरगन्ज।
बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ र पश्चिमी वायुको संयुक्त प्रभावका कारण मधेश प्रदेशसहित देशका धेरै भागमा मौसम प्रतिकूल बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, उक्त मौसमी प्रणाली कमजोर हुँदै हाल न्यूनचापीय क्षेत्रको रूपमा नेपालको मध्य भू–भाग नजिक आइपुगेको छ। यस प्रणालीको सीधा असर विशेष गरी मधेश प्रदेशमा पर्ने अनुमान गरिएको छ।

हाल मधेश प्रदेशका केही स्थानहरूमा हल्का वर्षा जारी छ भने देशभर सामान्यतया आंशिकदेखि पूर्ण बदली देखिएको छ। महाशाखाले जारी गरेको ताजा मौसमी परामर्श अनुसार, बुधबार रातीदेखि कार्तिक १५ गते शनिबारसम्म मधेश प्रदेशमा मौसम पूर्ण रूपमा प्रभावित रहनेछ। शनिबारबाट भने क्रमिक रूपमा मौसममा सुधार आउने सम्भावना रहेको छ।

यस अवधिमा प्रदेशका केही भागहरूमा भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ, जसका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने चेतावनी जारी गरिएको छ। मौसम विभाग र सम्बन्धित निकायहरूले नागरिकहरूलाई अत्यावश्यक सतर्कता अपनाउन र पछिल्ला मौसमी सूचनाहरूको जानकारी नियमित रूपमा अनुगमन गर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update