Birgunj News24
दिपावली तथा छठ पर्वको अवसरमा पतौरामा ५५ जनाले गरे रक्तदान।

८ कार्तिक, कलैया ।
आनन्द पटेल — हिन्दू धर्मावलम्बीहरूको महान चाड शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा श्री राम जानकी मन्दिर व्यवस्थापन समिति, कलैया उपमहानगरपालिका–१८, पतौराद्वारा आयोजित दोस्रो पटकको खुला रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ।
मिति २०८२ साल कार्तिक ८ गते सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका–१८ का प्रमुख प्रशासकीय अधिकृत नाथु साह रहेका थिए।
रक्तदान कार्यक्रमलाई धार्मिक आस्था र मानवसेवाको उत्कृष्ट उदाहरणका रूपमा लिइएको छ।
कार्यक्रममा पुरुष ५० जना र महिला ५ जना गरी कुल ५५ जना रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।
कार्यक्रम आयोजक समितिले निरन्तर रक्तदान अभियानमार्फत समाजमा सहयोग, मानवता र जीवदानको सन्देश फैलाउने प्रतिबद्धता जनाएको छ।
समितिका पदाधिकारीहरूले रक्तदाताहरूलाई सम्मान गर्दै यस्ता सेवा–सहयोगमूलक कार्यहरूलाई निरन्तरता दिने बताएका छन्।  पतौरामा श्री राम जानकी मन्दिर व्यवस्थापन समितिद्वारा दोस्रो पटक खुला रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update