Birgunj News24
छठ पर्वको अवसरमा वीरगन्ज कपडा बैंक द्वारा घण्टाघरमा  नि:शुल्क कपडा वितरण  ।

८ कार्तिक वीरगन्ज । छठ पर्वको शुभ अवसरमा वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले प्रत्येक वर्ष हरेक चाडपर्वको समयमा झै छठपर्वको अवसरमा शुक्रवार वीरगन्जको घण्टाघरमा करिब ११ सय थान कपड़ा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताउनु भयो  ।
सो अवसरमा प्रमुख अतिथी समाजसेवी अधिवक्ता कुर्मिले  मानविय सेवाको कार्यहरुमा हामी सबैले आफ्नो आम्दानिको ५ प्रतिशत रकम दिन दुखी असहायको सेवा सहयोगमा  दान सहयोग गर्नु पर्दछ जस्ले गर्दा मानवता बलियो हुन्छ किनभने मानवको सेवा नै सर्वोत्तम धर्म हो बताउदै छठ पर्व हर्षोउल्लास आपसी एकता भाइचारा बलियो बनाउने पर्व रहेकोले बिपन्न छठ पुजा गर्नेलाइ सक्दो सहयोग गर्न छठको आग्रह गर्दै सम्पुर्णलाई बधाइ शुभकामना ब्यक्त गरेका थिए । 
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षता एवं संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिको प्रमुख आतिथ्य तथा बैंकका वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नलाल गुप्ताको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अतिथिहरु समाजसेवीहरु गौरी गुप्ता, युवा हुकुम सिंह राजपुत, सतिष सिंह राजपुत, आइज नेपाल पर्साका कोषाध्यक्ष रुपशिला जैसवाल, घण्टाघर प्रहरी पोष्टका प्रमुख असई राम बिनोद झा , बैंकका निवर्तमान अध्यक्ष रम्भा मिश्रा,उपाध्यक्ष मोनिका सिंह , सल्लाहकारहरु ओमप्रकाश सराफ ,श्रवण बहादुर रायमाझी,सदस्यहरु निला कुमारी राम,केदार गुप्ता,राजेश श्रीवास्तव,राहुल सिंह राजपुत ,पत्रकारहरु राज सराफ,जगत राई,ज्ञानेन्द्र सिंह ,निरन्जन,विशाल यादव, पत्रकारहरुको सहभागिता रहेकों सचिव कन्हैया पटेलले बताए ।
सो अवसरमा अध्यक्ष सिंहले मानविय सेवामा कार्यरत बैकलाइ हातेमालो गरि मानवता बलियो बनाउने सम्पुर्ण दाता, सुभेच्छुक, सन्चारकर्मी, सल्लाहकार , पदाधिकारी सदस्यहरुलाइ हार्दिक आभार धन्यवाद प्रकट गर्दै छठ पर्वको बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update