आफ्नै भाषा, संस्कृति र संस्कारको संरक्षणमा युवा पुस्ता अग्रसर हुनुपर्ने प्रमुख अतिथि कर्णको भनाइ।।।
चित्रगुप्त युवा समिति बीरगंजको आयोजनामा शुक्रबार ज्ञानदा एकेडेमी विद्यालयको प्राङ्गणमा ‘प्रथम कायस्थ सुपर सिक्स नकआउट क्रिकेट प्रतियोगिता’ भव्य रूपमा सुरु भएको छ।
समितिका अध्यक्ष राजन श्रीवास्तव र महेश दासको संयुक्त अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको प्रमुख आतिथ्य बीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले गर्नुभएको थियो।
उद्घाटन गर्दै प्रमुख अतिथि कर्णले युवा पुस्तालाई आफ्नै भाषा, संस्कार र संस्कृतिको संरक्षणमा अग्रसर हुन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो संस्कार, संस्कृति र धर्म नै हाम्रो पहिचान र सम्पत्ति हुन्। यसको संरक्षण गर्न युवा पुस्ताको भूमिका अत्यन्त जरुरी छ। हामी जहाँ रहे पनि आफ्नो भाषा र संस्कृतिलाई बिर्सनु हुँदैन।”
कर्णले युवाहरूमाझ आफ्नै मातृभाषा बोल्ने अभ्यास बढाउनुपर्ने बताउँदै बताएका हुन ।उनलेे भने हामीले आज हामी अंग्रेजी, हिन्दी, नेपाली लगायत भाषा बोल्छौं, तर आफ्नै भाषा प्रयोगमा ल्याउँदैनौं। यसमा हाम्रो सामूहिक जिम्मेवारी छ। परिवार वा साथीभाइसँग संवाद गर्दा आफ्नै भाषाको प्रयोगले संस्कृतिलाई जोगाउन मद्दत गर्छ।”
त्यस्तै, प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले पनि संस्कार र संस्कृतिको जगेर्नामा युवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अब युवा पुस्ताले आफ्नो संस्कार र संस्कृति जोगाउन लाग्नुपर्छ। हाम्रो भाषा हाम्रो पहिचान हो, र यसलाई जोगाउनु आजकै पुस्ताको जिम्मेवारी हो। कायस्थ परिवारले यसको संरक्षणका लागि आजैदेखि पहल गर्नुपर्ने आवश्यकता छ।”
कार्यक्रममा चित्रगुप्त युवा समितिका पदाधिकारी, कायस्थ समुदायका खेलाडीहरु र सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रतियोगितामा विभिन्न टिमहरू १० वटा समुहको बीच प्रतिस्पर्धा हुने र विजेता तथा उपविजेताहरुलाई शिल्ड तथा मेडल प्रदान गरिने प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिनुभएको छ।प्रतियोगिताको उदघाटन समारोहमा जनभन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई,डाक्टर अशोक दास,कार्यक्रम संयोजक प्रकाश कर्ण ,मिहिट कर्ण तथा अन्य अतिथिहरुको सहभागीता रहेको थियो ।कार्यक्रमको सहजिकरण कृष्ण कुशवाहाले गरेका थिए।



