Birgunj News24
वीरगञ्जमा गाँजा सहित एक वृद्ध पक्राउ।

वीरगञ्ज, पर्सा ।

पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौ नजिक प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सुरक्षात्मक टोलीले गाँजा सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कुमार कार्कीको कमाण्डमा रहेको पाँच जनाको गस्ती टोलीले चेकजाँचको क्रममा नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका वीरगञ्ज–२६ अठराहाका ७४ वर्षीय इस्लाम अन्सारीलाई रोकीजाँच गर्दा, उनले बोकेको झोलामा करिब १ किलो ९८५ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

संबन्धित व्यक्तिलाई साइकल सहित नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अघि बढाउन वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको प्रहरी स्रोतले जनाएको

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update