Birgunj News24
बीरगंजमा नेवार समुदायहरुले  नेपाल सम्वत्  ११४६ भव्यताका साथ मनायो ,   नगर प्रमुख सिंह: “स्थानीय सरकारले सबै भाषाको संरक्षण गर्न आवश्यक छ”।

बीरगंजमा  नेवार समुदायको परम्परागत नयाँ वर्षका रूपमा मनाइने नेपाल सम्वत् ११४६ बीरगंजमा पनि भव्य रूपमा सम्पन्न भएको छ। नेवा: देय दबु पर्सा जिल्ला कमिटीको आयोजनामा विविध कार्यक्रमसहित नेपाल सम्वत् मनाइएको हो।
कार्यक्रमको अध्यक्षता कमिटी अध्यक्ष सुन्दर श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका हुन ।  बीरगंजको चिल्ड्रेन पार्कस्थित शंखधर शंखवापार्कबाट प्रभातफेरी सुरु गरिएको थियो। र्‍याली नगरका विभिन्न भाग परिक्रमा गर्दै पुन: सोही स्थानमा गएर कोणसभामा परिणत भएको थियो।
प्रभातफेरीमा नेवार समुदायका व्यक्तिहरूले परम्परागत पोशाक, बाजागाजा, झाँकी सहित सहभागिता जनाएका थिए। कार्यक्रमले सांस्कृतिक विविधता, भाषाको संरक्षण र समुदायको पहिचानलाई उजागर गरेको थियो।
कोणसभालाई सम्बोधन गर्दै नगर प्रमुख राजेशमान सिंहले स्थानीय सरकारको तर्फबाट सबै जातजाति, भाषा र संस्कृतिको संरक्षण गर्न प्रतिबद्धता व्यक्त गरे। उनले भने, “स्थानीय सरकारले सबैको भाषा र संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको र हाम्रो संस्कार, संस्कृति र पहिचानको जगेर्ना गर्न प्रत्येक नागरिक आफ्नो ठाउँबाट सक्रिय हुन पनि जरुरी रहेको बताएका छन् ।
उनले सबै जात–जाति र समुदायको संस्कृति हाम्रो साझा सम्पदा भएको उल्लेख गर्दै त्यसको संरक्षणका लागि सहकार्य र सहभागिता आवश्यक रहेको धारणा राखे।
अध्यक्ष सुन्दर श्रेष्ठले नेपाल सम्वत् नेवार समुदायको मात्र नभई संपूर्ण नेपालीको मौलिक संस्कृति भएको उल्लेख गर्दै यसको राष्ट्रिय स्तरमा अझै व्यापक प्रचार–प्रसार र संरक्षण गर्न अति आवश्यक रहेको बताएका छन् ।कार्यक्रममा विभिन्न संघसंस्था, समुदायका अगुवाहरू, युवाहरू उपस्थिति रहेको थियो।
नेपाल सम्वत् शंखधर शाखवाले गरिब जनताको ऋण मोचन गरी सुरु गरेको ऐतिहासिक पात्रो प्रणाली हो, जसलाई अहिले पनि विशेषगरी नेवार समुदायले परम्परागत रूपमा नयाँ वर्षको रूपमा मनाउँदै आएका छन्। शुभकामना आदानप्रदान कार्यक्रममा कार्यक्रम संयोजक पेस मानन्धर ,राजेन्द्र बहादुर आमात्य,वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु,वडा नम्बर ७ का वडा अध्यक्ष हिराकाजी महर्जन,नेवा: पुच पर्साका अध्यक्ष प्राध्यापक हरिबहादुर बैध,पसौनी मानन्धर गुठीका अध्यक्ष उमेश मानन्धर ,मिसा दबु केन्द्रीय उपाध्यक्ष अन्जु श्रेष्ठ ,दे- दबु मधेस  प्रदेशका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र गोविन्द बैध,प्रादेशिक सदस्य सुनिल श्रेष्ठ ,प्रकाश थारू ,रामशिष धानुक तथा बीरगंजमा नेवार समुदायका बुद्धिजीवी तथा स्थानीयको उल्लेखनीय सहभागीता  रहेको नेवा: पुच पर्साका अध्यक्ष हरिबहादुर बैधले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update