Birgunj News24
भिमफेदी कारागारबाट फरार कैदी वीरगन्ज बसपार्कबाट पक्राउ ।

वीरगन्ज । मकवानपुरस्थित भिमफेदी कारागारबाट केही समयअघि भएको जेनजी आन्दोलनको मौका छोपी फरार भएका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले गोप्य सूचनाको आधारमा खोजतलास गर्दा फरार कैदी अमजत मियाँलाई आज बिहान ११ बजे वीरगन्ज महानगरपालिका वडा नं. १६, बसपार्कबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका २५ वर्षीय मियाँ पर्सा जिल्ला अदालतको आदेशअनुसार लागु औषध सम्बन्धि कसूर मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। उनी गत २०८२ साउन २५ गते जेनजी समूहले गरेको आन्दोलनका क्रममा मकवानपुरस्थित कारागार कार्यालय भिमफेदीबाट भागेका थिए।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, पक्राउ परेका मियाँलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालय भिमफेदीमै पठाइने कार्य भइरहेको छ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update