काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित नतिजाअनुसार १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ जनाले सफलता हासिल गरेका छन्।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार पूरक परीक्षामा ५९ हजार ६९३ जना विद्यार्थी अनुत्तीर्ण (अवर्गीकृत) भएका छन्।
पूरक परीक्षा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन गरिएको थियो।
गत वैशाखमा सम्पन्न वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ पाएका वा अनुपस्थित भएका विद्यार्थीलाई अवसरस्वरूप पूरक परीक्षा लिइएको बोर्डले जनाएको छ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२ १६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



