 
                                                                        काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार नवनियुक्त चार मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन र जगदीश खरेललाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रालयको जिम्मेवारी तोकिदिएका हुन्।
अनिल कुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय र संसदीय मामिला, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
डा. मदन परियार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्व गर्नेछन्।
महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा दिइएको छ।
जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री बनेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न शपथग्रहण समारोहमा प्रधानमन्त्री सुशीला कार्की, उच्च पदस्थ सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।
यससँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार भएको छ भने नयाँ मन्त्रीहरूले सम्हाल्ने जिम्मेवारीप्रति चासो र अपेक्षा बढेको छ।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            