Birgunj News24
चुरियामाई दुर्घटना: सेनाको ट्रक पल्टिँदा ४ सैनिक घाइते ।

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना व्यक्ति घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ । प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरूको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी आएको छ ।

प्रहरी टोली घटनास्थलतर्फ खटिएको र दुर्घटनाको कारणबारे विस्तृत विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update