
बिरगंज ३१ भदौ , आनन्द पटेल
सशस्त्र प्रहरी बलले पर्साका विभिन्न स्थानबाट अवैध सामान बरामद गरेको छ। भदौ ३१ गते बिहान ११:०० बजेतिर पर्सा जिल्ला पकाहामैनापुर गाउँपालिका–५ लक्ष्मीपुरस्थित सीमा क्षेत्रमा प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार ठाकुरको नेतृत्वमा ४ जनाको मोटरसाइकल गस्ती टोलीले भारततर्फबाट टाउकोमा बोकी ल्याउँदै गरिएको कपडा नियन्त्रणमा लिएको हो। बरामद कपडाको अनुमानित मूल्य रु. ५४ हजार १ सय ५० रहेको र भन्सार बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी, सोही दिन बिहान ७:५० बजेतिर वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकस्थित प्रसीसु गुल्मबाट खटिएको सशस्त्र प्रहरी नायब उप–निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा ९ जनाको गस्ती टोलीले भारततर्फबाट भन्सार छली ल्याइँदै गरेको पर्दा र ई–रिक्सा बरामद गरेको हो। प्रदेश–२–०३–००१ ह ८३९ नम्बरको ई–रिक्सामा राखी ल्याइएको पर्दाको मूल्य रु. ५० हजार ४ सय र ई–रिक्साको मूल्य रु. ३ लाख बराबर गरी जम्मा रु. ३ लाख ५० हजार ४ सय बराबरको सामान बरामद गरिएको हो।
सामान छाडेर फरार भएका व्यक्तिहरू भने फेला नपरेको र बरामद गरिएको सामान तथा ई–रिक्सा वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएकाे सशस्त्र प्रहरीले जानकारी दिएको छ।