
काठमाडौं आनन्द पटेल— नेपाली बजारमा सुनको मूल्य लगातार नयाँ कीर्तिमान तोड्दै गएको छ । सोमबार प्रतितोला २ लाख १५ हजार २०० रूपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा १ हजार ९०० रूपैयाँले बढेर २ लाख १७ हजार १०० रूपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै सर्वाधिक मूल्य हो।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लाग्दै गएको छ। मंगलबार चाँदी प्रतितोला २० रूपैयाँ बढेर २ हजार ५९५ रूपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको दर उच्च विन्दुमा पुगेको छ। आज विश्व बजारमा सुन प्रतिऔँस ३ हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
सुन र चाँदीको मूल्य बढ्दो क्रममा रहेकोले यसको असर नेपालमा गहना बजारदेखि साधारण उपभोक्तासम्म परेको छ। व्यापारीहरूले मूल्य वृद्धिका कारण खरिद बिक्रीमा कमी आएको बताएका छन् भने लगानीकर्ताले भने सुनलाई अझ सुरक्षित विकल्पका रूपमा हेरेका छन्।
अर्थशास्त्रीहरूको भनाइमा, अन्तर्राष्ट्रिय राजनीतिक तनाव, डलरको मूल्यमा आएको उतारचढाव र विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताले सुनको मूल्य निरन्तर बढाइरहेको हो।