
भदौ २९ – तराई–मधेसका थारु, मधेसी तथा अन्य हिन्दू समुदायका महिलाहरूले सन्तानको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै आज जितिया पर्व धुमधामका साथ मनाइरहेका छन्।
आश्विन कृष्णपक्षको अष्टमी तिथिमा पर्ने यस पर्वमा महिलाहरूले निर्जला उपवास राख्ने परम्परा छ। व्रती महिलाहरूले हिजो सप्तमीका दिन ‘नहाय–खाय’ गरेर शुद्ध भई, आज बिहानैदेखि नदि, पोखरी तथा इनारमा स्नान गरी पूजा–अर्चना गरेका छन्।
मुख्य दिन अर्थात् अष्टमीमा महिलाहरू दिनभर अन्न–जल ग्रहण नगरी व्रत बस्छन्। साँझमा जिमुतवाहन देवताको पूजा तथा कथा श्रवण गर्ने परम्परा रहेको छ।
पञ्चाङ्गविद्हरूका अनुसार व्रत सुरु गर्ने सही समय बिहान ५:०४ बजे रहेको थियो भने व्रत तोड्ने पारण सोमबार बिहान ३:०६ बजे गर्ने शुभ समय रहेको छ।
जितिया पर्वलाई विशेष गरी आमा–छोरीबीचको आत्मीयता झल्काउने पर्वका रूपमा लिइन्छ। नवमीका दिन व्रती महिलाहरूले पूजा–अर्चना गरी व्रत पारण गर्दै प्रसाद ग्रहण गर्ने गर्छन्।