
वीरगंज । जेन जी आन्दोलनका नाममा भएका लुटपाटमा संलग्नहुनेहरु पक्राउ पर्न थालेका छन । वीरगंज महानगरपालिकाको कार्यालय भवनमा आगजनी भएपछि भएको लुटपाटमा संलग्न एक युवकलाई नगर प्रहरीले पक्राउ गरेको छ। विन्दवासीनी गाउँपालिका वडा नं ५ को बटसौरा २२ वर्षीय सुधीर पटेललाई नगर प्रहरी प्रमुख हरि भुसालको नेतृत्वमा गएको टोलीले चोरीका सामानसहित पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, मा बुझाइएको प्रहरीले जनाएको छ।
पटेलका साथबाट हाड डिक्स ९ थान,केवल टेस्टर १ थान,क्यामेरा ३ थान,ल्यापटपको केवल १ थान,कम्प्युटर केवल १ थान,डिजिकम उपकरण ९ थान,डेस्कटप मोनिटर ९ थान,सीपियु १ थान,सीपीयु पावर केवल १ थान,माउस १ थान लगाएतका समानहरु बरामद भएको छ। प्रहरीका अनुसार आगजनीपछि अराजक अवस्थाको लाभ उठाउँदै केही व्यक्तिहरूले कार्यालयभित्र रहेका सामान लुटपाट गरेका थिए। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ