Birgunj News24
बिरगंजको जनजीवन सामान्यतर्फ फर्कन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यूको आदेशलाई केही खुकुलो बनाएको छ।

वीरगन्ज । वीरगन्जको जनजीवन सामान्यतर्फ फर्कन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यूको आदेशलाई केही खुकुलो बनाएको छ। लामो समयदेखिको विषम परिस्थिति र जेनजी आन्दोलनका कारण ठप्प भएको जनजीवन अब सामान्य अवस्थामा फर्किरहेको छ। आजबाट लागु हुने गरी प्रमुख जिल्ला अधिकारीले वीरगन्ज महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यूको समय घटाएका छन्। अब दैनिक साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र कर्फ्यू लागु हुनेछ, जसले गर्दा दिउँसोको समयमा सर्वसाधारणलाई आवतजावत र किनमेल गर्न सहज भएको छ। यससँगै, बिहान ५ बजेदेखि साँझ ९ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ, जसअनुसार यस अवधिमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा भेला हुन वा जुलुस, प्रदर्शन, सभा र बैठक गर्न पाइने छैन।

स्थानीय प्रशासनको यो निर्णयले दशैँ, तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा नागरिकलाई किनमेल र भेटघाट गर्न थप सहज हुनेछ। आवश्यक सेवाका सवारी साधनहरू भने यसअघि जस्तै कर्फ्यूको समयमा पनि चल्न पाउनेछन्।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update