 
                                                                        वीरगन्ज, भदौ २४ आनन्द पटेल जेनजी आन्दोलनका कारण वीरगन्जमा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय, पर्साले आज मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।यसअघि सोमबार राति ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्म कर्फ्यु जारी गरिएको थियो। अवस्था थप संवेदनशील बनेपछि प्रशासनले पुनः समयावधि विस्तार गर्दै साँझ ६ बजेसम्म कर्फ्यु लागू गर्ने निर्णय गरेको हो।प्रशासनले जारी गरेको आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि सभा, जुलुस, धर्ना, विरोध प्रदर्शन, बैठक वा भीडभाड गर्न पाइने छैन।कर्फ्यु लागू हुने सीमा:पूर्व : बाईपास रोडपश्चिम : सिरिसिया पुलउत्तर : गण्डक चौकदक्षिण : शंकराचार्य गेटतर, अति आवश्यक सेवामा प्रयोग हुने एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, पत्रकार, सरसफाईकर्मी, सुरक्षा निकाय, कूटनीतिक सवारी, पर्यटक तथा हवाई यात्रुहरूको आवतजावत भने सहज हुने प्रशासनले स्पष्ट पारेको छ।प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले कर्फ्यु उल्लंघन गर्नेहरूमाथि कडा कारबाही हुने चेतावनी दिएका छन्।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            