 
                                                                        भदौ २१, वीरगञ्ज , आनन्द पटेल 
पर्सा क्षेत्र नम्बर–४ जिराभवानी गाउँपालिका–१ स्थित बिगट गाउँ बालुवा टोलमा करिब पचास जना महिला र पुरुष जनमत पार्टीमा आबद्ध भएका छन्। सो अवसरमा ३१ सदस्यीय बुथ समिति पनि गठन गरिएको छ।
कार्यक्रम पालिका अध्यक्ष राम प्रवेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ रहेका थिए भने प्रदेश सदस्य बृजेस्वर प्रसाद चौधरी, जिल्लाका वरिष्ठ नेता जगदीश पटेल, प्रादेशिक क्षेत्रीय संयोजक गौरीशंकर पटेल, जगरनाथपुर गाउँपालिका अध्यक्ष ई. सुनिल मुखिया, युवा जिल्ला वरिष्ठ उपाध्यक्ष धिरेन्द्र पन्जियार, स्थानीय नेता रनु यादवलगायतको विशेष उपस्थिति रहेको थियो।
प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १४:३७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
                साताको लोकप्रीय
            
        



 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            