 
                                                                        भदौ १८, काठमाडौं ।
जनमत पार्टी केन्द्रीय सम्पर्क कार्यालय, मध्य–बानेश्वरमा आयोजित कार्यक्रममा पर्सा–वीरगञ्ज निवासी समाजसेवी तथा युवा अगुवा दिनानाथ प्रसाद गुप्ता र घिरेन्द्र पटेल (परवाना) जनमत पार्टीमा प्रवेश गरेका छन्।
राष्ट्रिय अध्यक्ष डा. सिके राउत समक्ष दुवैले पार्टी सदस्यता ग्रहण गरेका हुन्। जनमत पार्टीको विचार, सिद्धान्त र अध्यक्ष राउतको त्यागपूर्ण जीवनशैली तथा दुरदर्शी नेतृत्वबाट प्रभावित भई पार्टीमा प्रवेश गरेको बताउँदै, उनीहरूले आगामी दिनमा ५ सयभन्दा बढी व्यक्तिलाई पार्टीमा प्रवेश गराउने लक्ष्य रहेको बताएका छन्।
कार्यक्रममा राष्ट्रिय प्रवक्ता डा. सरद सिंह यादव, केन्द्रीय सचिव बिगु चौधरी, कार्यकारी सदस्य माधव सिंह, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेता भुपेन्द्र साह, पर्सा युवा अध्यक्ष उदय यादव लगायतको उपस्थिति रहेको थियो।
पर्सा जिल्लामा गाउँ–गाउँबाट युवा तथा महिलाहरू निरन्तर जनमत पार्टीमा प्रवेश गरिरहेको उल्लेख गर्दै, जिल्लालाई चाँडै नै पार्टीको सशक्त गढका रूपमा विकास गर्ने दाबी जिल्ला अध्यक्ष सरार्फले गरेका छन्।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            