 
                                                                        सरकारले इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई देशव्यापी विस्तार गर्ने क्रममा असोज १ गतेदेखि मधेश प्रदेशको लहानसहित सात स्थानमा यो सेवा सुरु हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार लहान, इटहरी, बिर्तामोड, चितवन, धनगढी, कञ्चनपुर र काठमाडौंबाहेकका कार्यालयहरूमा पनि सेवा उपलब्ध हुनेछ।
यसअघि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका नौ वटा कार्यालय ९एकान्तकुना, हेटौंडा, गुर्जुधारा, टेकु, पोखरा, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र सुर्खेत० बाट मात्र यो सेवा सञ्चालन हुँदै आएको थियो। सेवा विस्तारसँगै अब देशभरका १६ कार्यालयमार्फत इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिनेछ।
सवारी दर्ता, नामसारी वा नवीकरण गर्दा अनिवार्य गरिएको इम्बोस्ड नम्बर प्लेट डिजिटल प्रणालीमा आधारित छ। यसमा जडान गरिएको आरएफआईडी चिपले सवारीसाधनको ट्र्याकिङ सजिलो हुने र व्यवस्थापन तथा सुरक्षामा सहयोग पुग्ने विभागको दाबी छ। यसका लागि १० मुख्य प्रवेशद्वारमा आरएफआईडी गेट निर्माण योजना अघि सारिएको छ, जसमा काठमाडौँका दुई गेट निर्माण भइसकेका छन्।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            