 
                                                                        कलैया । सशस्त्र प्रहरी बल मुख्यालयले कार्यसम्पादनमा कमजोरी देखिएपछि बाराका विभिन्न बोर्डर आउटपोष्ट र फरवार्ड सुरक्षा बेसमा कार्यरत ५ जना अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ।
मुख्यालयले एकैपटक कबहीगोठ बोर्डर आउटपोष्टका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, झिटकैयाका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियार, बलिरामपुर फरवार्ड सुरक्षा बेसका नायव निरीक्षक हरिप्रसाद लम्साल, छतवा फरवार्ड सुरक्षा बेसका नायव निरीक्षक गणेश गिरी र झरखोर पोष्टका सशस्त्र प्रहरी सहायक निरीक्षक शिवशंकर प्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाएको हो। साभार :- साझेदारी डेलीडट कम
प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १९:३३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
                साताको लोकप्रीय
            
        



 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            