 
                                                                        वीरगञ्ज — लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीको संयुक्त आयोजनामा शुक्रबार वीरगञ्जको वडा नम्बर ११ श्रीपुरमा हैजा तथा झाडापखालाबाट बच्ने उपायबारे जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।
यस अभियान अन्तर्गत समुदायका स्थानीयवासीलाई सरसफाइ र सुरक्षित खानपान सम्बन्धी जानकारी दिइएको थियो । विशेष गरी खानेपानी उमालेर वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउने, खुला खानेकुरा नखाने, साबुनपानीले नियमित रुपमा हात धुने, खाना पकाउँदा र खाने बेलामा स्वच्छता उपनाउने, झाडापखाला भै हालेमा तुरन्त पुर्नजलीय झोल ओ.आर.एस.सँगै प्रशस्त मात्रामा पोषिलो झोलिलो खानेकुरा खाने, हैजा तथा झाडापखालाका लक्षणहरु देखिएमा तुरन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, सुरक्षित शौचालय प्रयोग गर्ने र सरसफाइमा विशेष ध्यान दिनु हैजा र झाडापखालाबाट बच्ने प्रभावकारी उपाय भएको जानकारी गराइएको थियो ।
सो अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादवले ‘हाम्रो अभियानको उद्देश्य समुदायको प्रत्येक व्यक्तिलाई हैजा तथा झाडापखाला जस्ता रोगहरुबाट बच्ने सरल र महत्त्वपूर्ण उपायहरु सिकाउनु हो’, सबैले व्यक्तिगत सरसफाइमा ध्यान दिए ठुलो दुर्घटना टार्न सकिने बताएकी थिइन् ।
उनले यो अभियान वीरगञ्ज महानगरको ३२ वटै वडामा निरन्तर रुपमा सञ्चालन गरिने समेत बताएकी थिइन् ।
अभियानका क्रममा सचेतनामूलक पर्चा वितरण गर्नुका साथै समुदायका स्थानीयवासीलाई हैजा तथा झाडापखालाबाट बच्न स्वस्थ व्यवहार अपनाउन आग्रह गरिएको थियो ।
कार्यक्रममा वीरगञ्ज वडा नम्बर ११ का वडा अध्यक्ष अजय कुमार बरै, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन सुनिल गुप्ता, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीकी अध्यक्ष लायन पिया सिंह, लायन्स क्लब अफ वीरगञ्ज पिंक सिटीकी अध्यक्ष लायन पिंकी साह, लायन दिलिप कुमार पंडित, लायन रुपशिला जैसवाल, लायन ब्युटी जैसवाल, लायन प्रभात आननद, लायन वंशराज गुप्ता, स्थानीयवासी लगायत अन्य लायन्स सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            