 
                                                                        वीरगंज महानगरपालिका–४, बिर्तास्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले हैजा प्रकोप रोकथामका लागि बुधबार जनचेतनामूलक घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयका प्रिन्सिपल रामकिशोर यादवको नेतृत्वमा निस्किएको र्यालीमा विद्यार्थी तथा शिक्षकहरूले पम्प्लेट र व्यानर बोकेर बस्तीमा पुगेर हैजाबाट बच्न आवश्यक उपायहरूबारे स्थानीयबासीलाई जानकारी गराए।प्रिन्सिपल यादवका अनुसार घरदैलोका क्रममा वडावासीलाई झाडापखाला देखिएमा तातो पानी उमालेर पिउन, जीवनजल बढी सेवन गर्न, सडेगलेका तथा बासी खानेकुरा नखान, ताजा फलफूल खान र खाना खानु अघि साबुनपानीले राम्ररी हात धुन आग्रह गरिएको थियो।यस अभियानमा शिक्षक पदम तामाङ, संजय सिंह, मनु साह, प्रजिना भट्टलगायतका शिक्षकमण्डलीको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रमले हैजा नियन्त्रणका लागि स्थानीयस्तरमै सचेतना फैलाउने र सामुदायिक सहकार्य बलियो बनाउन योगदान पुर्याएको विद्यालयले जनाएको छ।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            