
लालबाबु सिंह १० बिरगंज । ठोरी गाउपालिका ५ स्थित घोडामसान शितलपुर सिचाई आयोजना समितिको अध्यक्षमा समाजसेवी बिमल खडका सर्वसम्मत चयन भएका छन । ठोरी ५ का वडाअध्यक्ष अष्ट बहादुर लोप्चनको अध्यक्षतामा सुवर्णपुर र जिराभवानीको शान्तिटोल,बसन्तपुर,काठमाडौं टोल,भवानिपुर पिपरा र हरैयाका आम कृषकहरुको शुक्रबार बसेको भेलाले खडकाको अध्यक्षतामा ११ सदस्यिय समितीको साथै ५ सदस्यीय सल्लाहकार समिती पनि सर्वसम्मत गठन भएको हो ।
पर्सा जिल्लाको ठोरी गापा ५ स्थित घोडामसान शितलपुर सिचाई योजना समिती बिक्रम सम्वत २०२२ साल देखि नै सन्चालनमा रहेको र यसको निवर्तमान अध्यक्ष जरिलाल थिङको निधन पछि अध्यक्ष लगायत सम्पुर्ण समिती पुनर्गठन गरिएको हो ।
सो अवसरमा वडाअध्यक्ष लोप्चनले अध्यक्ष , पदाधिकारीहरु जुन सुकै पार्टीको भए पनि जनताको आवश्यकता र चासो हुने ब्यक्तिलाई आफुले जहिले जतिबेला पनि सहयोग गर्ने भनि प्रतिबद्धता जनाउदै अब युवा सेवकहरुको समिती बनेको छ यसको लागि सम्पूर्णलाई बधाई शुभकामना पनि दिए साथै यस घोडामसान शितलपुर सिचाई आयोजनाको डि पि आर तयार गर्न बजेट समेत उपलब्ध गराउने बताउनु भयो ।
सो अवसरमा नवचयनित अध्यक्ष खडकाले २४ बर्ष देखि आफु निरन्तर यो पानी ल्याउन हरेक बर्ष ४/५ पटक सुवर्णपुर देखि २१ किलो मिटर चुरेको फेदीमा पुगेको र आफुलाई यो सिचाई को बारेमा काहा काहा पानी सिपेज हुन्छ कुन कुन ठाउमा तत्काल सुधार गर्नु पर्ने हो त्यो सब र आफ्नो १६ बर्ष को उमेर देखिको घोडेमसान खोला भित्र पानी सोच्ने भागलाई कसरि कम खोला पारेर पानीलाई बाहिर निकाल्न सकिन्छ भन्ने चिन्ता लागिरन्थ्यो तर १ महिना अगाडि मधेश प्रदेश लाई सुख्खा ग्रस्त प्रदेश घोषणा भए पछि पानी ल्याउन निकुञ्जले पनि सके जति सहयोग गरेको हुनाको आफुले सधै सोच्ने गरेको पानी कम सिपेजमा खोला बाहिर निकाल्ने सपनामा गाउपालिकाले पहल गरेर पठाएको गाडि घोडा लिएर आफु ३ रात जङ्गल मै बसि उक्त काम गरेको र पालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ एवं वडाअध्यक्ष लोप्चनले पनि दिलो ज्यानले पानी ल्याउन सहयोग गरेकाले आफु त्यो काम गर्न सफल भएको र भबिस्यमा कसरि त्यो पानी लाई ब्यवस्थित तरिकाले ल्याउन सकिन्छ भनेर चिन्तित रहेको र उक्त पानि ल्याउन कुनै कसर बाकि नराख्ने प्रतिबद्धता गर्दै आफुलाइ बिश्वास गरि अध्यक्ष जस्तो जिम्मेवारी सुम्पने हुने सम्पुर्ण प्रती आभार ब्यक्त गर्दै सम्पुर्णलाई आउने समयमा हातेमालो गरिदिन हुन आग्रह पनि गरेका थिए ।
सो समितिको उपाध्यक्षमा भेक बहादुर स्याङ्बो,सचिव रुप बहादुर श्रेष्ठ ,कोषाध्यक्ष शिवशंकर प्रसाद चौधरी ,सहसचिव सरिता कुमारी पौडेल,सदस्यहरुमा समि स्याताङ्ग, चनतारा देवि सहनी,मुर्ती कुमारी,विरेन्द्र मिर्दाहा,नन्दु खां थारु, तेतरा प्रसाद थारु रहेका छन ।
त्यसैगरी सल्लाहकार समितिमा अष्ट बहादुर लोप्चन,लक्ष्मी प्रसाद चौधरी,देवि प्रसाद दहाल,सोमनाथ सापकोटा र रेवती घिमिरे रहेका छन ।