Birgunj News24
कुम्हाल टोलमा दुर्गा पूजा समिति गठन अध्यक्षमा ध्रुव पटेल चयन।

७ भदौ/वीरगंज आनन्द पटेल महानगरपालिका–५ कुम्हाल टोलमा यस वर्षको दुर्गा पूजा धुमधामका साथ सम्पन्न गर्न नयाँ समिति गठन गरिएको छ।

शनिबार वडा सदस्य मनोज कुमार साहको अध्यक्षतामा बसेको भेलाले ध्रुव पटेललाई अध्यक्ष बनाउँदै दुर्गा पूजा समिति गठन गरेको हो।

नवगठित समितिको उपाध्यक्षमा सुशिल कुमार वर्णवाल, अमन पटेल सचिवमा दिपेश मुखिया, सह–सचिव  सुवोध कुमार वर्णवाल,कोषाध्यक्ष : प्रदिप मुखिया, सह–कोषाध्यक्ष आकाश कुमार मुखिया,सदस्यहरु आकाश तुरी पटेल, सोनु मुखिया, अर्जुन मुखिया, महेश पटेल पण्डित, राजेश साह, दिपेन्द्र महतो, सुनिल महतो, आकाश साह, रमेश पटेल जलपहाडी चयन भएका छन ।
यसका अतिरिक्त समितिमा सलाहकार समिति पनि गठन गरिएको छ। सलाहकार समितिमा पदिय कुमार चौरिया, मनोज कुमार साह, रितेश प्रजापति, मुरत प्रसाद वर्णवाल, लालबाबु पण्डित, प्रेम किशोर मिश्रा, श्यामबाबु पटेल, शिवचरण महतो र विकी मुखिया रहेका छन्।

समितिले दुर्गा पूजाको तयारीलाई भव्य र सफल बनाउन सम्पूर्ण श्रद्धालु र स्थानीयको साथ–सहयोगको अपेक्षा गरेको छ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update