Birgunj News24
राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन क्षेत्र नम्बर ३ का सभापतिमा मनोज कुर्मी चयन भएका छन ।  

आज बिरगंजको कन्ट्री इन होटलमा रास्वपा पर्सा जिल्ला समितिले आयोजना गरेको  निर्वाचन क्षेत्र नम्बर पुनर्गठन तथा पदपुर्ती कार्यक्रममा पोखरिया निबासी मनोज कुर्मी चयन भएका हुन । लामो समय शिक्षण पेसामा रहेका कुर्मीले नेपाल विद्यार्थी संघ बाट आफ्नु राजनीतिक यात्रा शुरु गरेका थिए । कुर्मीलाई  १ बर्ष अघि रास्वपा संगठन बिभागका सचिब शंकर श्रेष्ठ र  पर्सा जिल्ला सभापति हरि पन्तले एक कार्यक्रममा  रास्वपामा प्रबेश गराएका थिए । समितिले उपसभापतिमा महेन्द्र नारायन दास र सुजित कुमार, सचीवमा राकेश गुप्ता र  तीन क्षेत्रीय सदस्य गरि सात सदस्यीय समिति गठन गरेको छ । 
राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला सभापति हरि पन्तले  क्षेत्रीय समितिहरु  पार्टी को मेरुदण्ड भएको हुँदा  क्षेत्र बिस्तारले जिल्लामा पार्टी मजबुत हुने बताए । सभापति पन्तले जिल्लाका ३ वटा क्षेत्र गठन भै सकेको र  आगामी ७ गते शनिबार ठोरिमा क्षेत्र ४ को  क्षेत्रीय भेला मार्फत त्यहाँ पनि क्षेत्र गठन हुने  बताए ।
   पर्सा जिल्ला  सभापति हरि पन्तको सभापतित्वमा सम्पन्न आजको उक्त भेलामा केन्द्रिय सदस्य डा नन्दन यादव , प्रदेश सदस्य सब्बु कंडेल , पुर्शोतम देब , प्रमोद सहनी , जिल्ला उपसभापति तुलसा पौडेल , सचिव सुदिश प्रजापतिकोषाध्यक्ष  दिलिप कुर्मी लगायतको उपस्तिथि थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update