
बिरगंज ०४ भदौ
विश्वव्यापी आध्यात्मिक र सामाजिक संस्था प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले “रक्तदान जीवनदान महादान” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको ऐतिहासिक ग्लोबल मेगा रक्तदान अभियान सञ्चालन गर्न लागेको छ । आगामी २०८२ भदौ ६ देखि ९ गतेसम्म नेपाल र भारतका विभिन्न स्थानहरूमा आयोजना हुने यस अभियानमा १०० घण्टामा १,००,००० पिन्ट रक्त संकलन गर्ने बृहत् लक्ष्य राखिएको छ ।
संयुक्त राष्ट्रसंघद्वारा सात पटक शान्तिदूत पुरस्कार प्राप्त र UNICEF तथा ECOSOC का उच्चस्तरीय सल्लाहकारका रूपमा मान्यता पाएको ब्रह्माकुमारी संस्था १३७ राष्ट्रमा नैतिक तथा आध्यात्मिक जागरणमार्फत समाजसेवामा समर्पित संस्था हो । यसै अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लब, विश्वविद्यालय, कलेज तथा विभिन्न प्रतिष्ठित संस्थाहरूको सहकार्यमा देशभर रक्तदान शिविर सञ्चालन हुँदैछ ।
पत्रकार सम्मेलनमार्फत ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जले जानकारी दिँदै भदौ ७ गते शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म छपकैया वडा नं. २ स्थित विश्वदर्शन भवन परिसरमा विशाल रक्तदान शिविर आयोजना गरिने बताइएको छ । वीरगञ्जमा मात्र ५ सय युनिट रक्त संकलन गर्ने लक्ष्य राखिएको छ भने नेपालभर ३५ हजार युनिट संकलन गरिनेछ ।
उक्त अवसरमा क्षेत्रीय संचालिका ब्रह्मचारिणी रबिना दिदीको विशेष उपस्थितिमा पत्रकार सम्मेलन भएको थियोे। उक्त सम्मेलनमा वरिष्ठ प्रशिक्षक गुनराज भाईजी, गोबर्धन भाईजी, छोटेलाल भाईजी, प्रकाश थारुलगायतको उपस्थिती रहेको थियो ।
ब्रह्माकुमारी वीरगञ्ज क्षेत्र अन्तर्गतका विभिन्न स्थानमा पनि रक्तदान शिविर सञ्चालन हुने कार्यक्रम तय गरिएको छ ।
भदौ ६ गते शुक्रबार – सिमरा र वरियारपुर
भदौ ७ गते शनिबार वीरगञ्ज, कलैया, कोल्हवी, चन्द्रपुर र गौरसंस्थाले जनाएको छ कि स्वेच्छिक रक्तदान जस्तो पुण्यदायी कार्यले असंख्य संकटापन्न जीवनलाई नवजीवन दिन्छ । यस किसिमका बृहत् शिविरहरूले अस्पतालमा रगतको अविच्छिन्न आपूर्ति सुनिश्चित गर्नुका साथै युवामाझ सामाजिक उत्तरदायित्व र रक्तदानप्रतिको चेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।
यस महान परोपकारी अभियानलाई सफल बनाउन ब्रह्माकुमारी पक्षले सबै सम्मानित सञ्चार माध्यमहरूलाई समाचार, सूचना, सन्देश तथा विज्ञापनमार्फत समाजमा सन्देश फैलाउन आग्रह गरेको छ । संस्थाले भनेको छ
“यहाँहरूको सहयोगले हजारौं जीवन सुरक्षित हुनेछ र समाजमा विश्व बन्धुत्वको भाव जागृत हुनेछ।”
कार्यक्रम विश्व बन्धुत्व बृहत् रक्तदान अभियान भदौ ७ गते शनिबार समय बिहान ८ बजे दिउँसो २ बजे स्थान छपकैया, विश्वदर्शन भवन परिसर, वीरगञ्जमा हुने छ।