 
                                                                        ३ भदौ २०८२, मङ्गलवार
दिपेन्द्र ज़यसवाल बाराको विश्रामपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुनिल केशरीले आज पद बहाली गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको साउन १६ गते सरुवा गरेको थियो।
मन्त्रालयमै कार्यरत केशरीको विश्रामपुर गाउँपालिकामा सरुवा भएको हो । उनलाई आज गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो सहित जनप्रतिनिधी, कर्मचारीहरुले स्वागत गरेका हुन। त्यस्तै मन्त्रालयले यस विश्रामपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको फेटा गाउँपालिकामा सरुवा गरेको छ।
केशरीले यस अघि बाराको निर्वाचान कार्यालय सहित विभिन्न पालिकामा रहेर काम गरिसकेका छन्।ु
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  २१:०६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
                साताको लोकप्रीय
            
        



 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            