
साउन ३१, बीरगञ्ज
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ओम शान्ति भवन, छपकैयामा भव्य सत्युगी दुनियाको चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम हर्षोल्लासपूर्वक सम्पन्न गरिएको छ।कार्यक्रमको अध्यक्षता बिरगंजकी क्षेत्रीय सञ्चालिका एवं बालब्रह्मचारिणी तपस्विनी रबिना दिदीले गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका सम्माननीय व्यक्तिहरूको उपस्थिति उल्लेखनीय रह्यो।प्रमुख अतिथिमा पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिक,विशिष्ट अतिथिमा उद्योग वाणिज्य संघ बिरगंजका अध्यक्ष हरि गौतम सामुदायिक प्रहरी छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई,रुङ्टा वेलफेयर सोसाइटी बिरगंजका अध्यक्ष सुरेश रुङ्टा,नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाकी उपाध्यक्ष श्रीमती मधु राणा,माउन्ट आबुबाट पधारनु भएका अशोक भाईजी,सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुररायमाझी,सञ्चारकर्मी अजित भुजेल, अभिलाष गुप्ता, प्रह्लाद चौरसिया, जाकिर हुसैन लगायतको विशेष उपस्थिति रहेको थियो।
बालबालिकाले कृष्ण र राधा बनेर आकर्षक झाँकी प्रस्तुत गरेका थिए। साथै, विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी वातावरणलाई उल्लासमय बनाएका थिए।
कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका बेलि दिदी, गोबर्धन भाईजी र गोकुल भाईजीको विशेष सहयोग रह्यो।
गोकुल भाईजीले आफ्नो प्रवचनमा कृष्ण भगवानका आदर्श जीवनचर्या र उपदेशहरूबारे विस्तृत रूपमा प्रकाश पार्दै भने
"आज हामी सबैले श्रीकृष्णजस्तो सत्यनिष्ठ, कर्मयोगी र आदर्श जीवन जिउनु आवश्यक छ।"
कार्यक्रमले श्रीकृष्ण जन्माष्टमीलाई धार्मिक श्रद्धा, भक्ति र सांस्कृतिक रंगमञ्चमा परिणत गर्यो। उपस्थित अतिथि तथा भक्तजनहरूले यसलाई अत्यन्तै प्रेरणादायी, आध्यात्मिक र समाजमा सकारात्मक ऊर्जा भर्ने कार्यक्रमका रूपमा मूल्याङ्कन गरेका थिए।