
लालबाबु सिंह ३१ श्रावण वीरगन्ज । वीरगन्ज समाज सेवा द्वारा वीरगन्जको नारायणी अस्पतालमा लगातार ६५ औं साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ। पच्छिल्लो डेढ वर्ष देखि प्रत्येक शनिबार बिहान ९.३० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत बिपन्न बिरामीहरु, कुरुवाहरु, असहायहरुको साथै रिक्सा,ईरिक्सा चालकहरु ,यात्री बटुवाहरु लाई घरमा बनाएको जस्तो सफा सुग्घर, सुद्ध र गुणस्तरीय पोषिलो भोजन खुवाइएको हो ।
सो अवसरमा आयोजक वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले " सेवा नै धर्म हो " को मुलमन्त्र लाइ आत्मसात गरि हरेक हप्ता करिब ४ सय ५० देखि ५ सय जनाले यस सेवाबाट लाभ लिँदै आएको र दिन दुखी असहायको पेट भर्न र त्यसपछिको उनिहरुको अनुहारमा आएको हासी खुशी देखेर आफुहरु लाई निकै खुशी लाग्ने र गौरवान्वित महसुस हुदो रहेछ बताए ।
त्यसैगरी सो अभियानका सचिव युवा समाजसेवी प्रकाश बाहेतीले दिनदुखी असहायको सेवा सहयोग नै हामी मानवको लागि सब्दिभन्दा ठूलो धर्म र कर्म भएकोले नै यो निशुल्क भोजन खुवाउन शुरु गरेर आज सम्म सेवा कार्य जारी राखेका छौ र हाम्रो यो अभियानमा सेवा सहयोग हातेमालो गर्न इच्छुक सम्पुर्णलाई स्वागत गर्दै सबैले आआफ्नो ठाउमा दिनदुखी असहायको सेवा सहयोग गरि मानवता बलियो बनाउन आग्रह गरे ।
आजको भोजनमा समाजका सेवादारहरुले शुद्ध शाकाहारी खानाका रूपमा स्वादिलो भात, दाल,आलु परवलको तरकारी र हरियो खुर्सानीको अचारहरु वृद्ध ,महिला,बच्चाहरु लाइ बोलाइ बोलाइ थपी थपी खुवाएर सेवा प्रदान गरेका थियो।
आजको निशुल्क भोजन कार्यक्रममा समाजका पदाधिकारीहरूमा उपाध्यक्ष मनोज प्रसाद रौनियार,सचिव प्रकाश बाहेती,सदस्यहरू मदन प्रसाद गुप्ता,लालबाबु सिंह , निसान्त लाठ,राजेन्द्र भट्टराई , रियान्स सिंह राजपुत लगायतले सेवा प्रदान गरेका थिए ।