Birgunj News24
नेपाल  आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा मंगलबार  एक कार्यक्रमको वीच खुल्ला  रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 

पर्सा ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा मंगलबार  एक कार्यक्रमको वीच खुल्ला  रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 

स्थानीय होटल गेटवमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश महासचिव तामाङ,  वरिष्ठ प्रहरी नायव निरीक्षक डिकर देव पन्त  सरोज केसी, प्रेम बहादुर श्रेष्ठ, तेजेन्द्र प्रसाद बस्नेत,खुशीनन्दन चौधरी,पुजन चौधरी, राकेश कुमार साह, राजेन्द्रप्रसाद कुमार गुप्ता, संजयदास थारु, अजय महतो ,राहुल कुमार लायोमगर  लगायतले रक्तदान गरेका  छन् ।   

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षतामा आयोजित  कार्यक्रममा प्रमुख अतिथि  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका इन्चार्ज शंकर श्रेष्ठले रक्तदातालाई ब्ल्ड ब्याग हस्तान्तरण गरि उद्घाटन गरेका थिए ।   

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा सभापति बृजकिशोर पटेल,सामाजिक अभियन्ता प्रकाश थारु  समाजसेवी राजेन्द्र भट्टराई,एनजीओ सिसीका अध्यक्ष इब्राहिम देवान,सम्मजसेवी वीर शम्शेर प्रसाद कुर्मी,सरोज केसी,रक्त संचार केन्द्रकाबाट  धिरेन्द्र झा,जितेन्द्र कुशवाहा,नितेश यादव ,सन्तोष पटेल  लगायतको उपस्थिति थियो ।   

यसैगरी  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ  सप्तरीका कृष्णा कुमार मण्डल, सर्लाही अध्यक्ष घनश्याम बलाम्पाकी, रौतहट अध्यक्ष युभाष श्रेष्ठ,बारा पूर्व अध्यक्ष अजित भुजेल लगायतका मधेस प्रदेश समितिका पदाधिकारी तथा विभिन्न जिल्लाका अध्यक्ष सचिबहरुको उपस्थिति थियो ।   

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रमको स्वागत  उपाध्यक्ष अनिता चौधरीले गरेकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update