Birgunj News24
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत इनर्वागाउँबाट कटुवा पेस्तोल बरामद गरेको छ ।

पर्सा, वीरगञ्ज —
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत इनर्वागाउँबाट कटुवा पेस्तोल बरामद गरी एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति बिन्दावासीनी गाउँपालिका–५ प्रसौनीका साहेब खाँ हुन्, र उनी अहिले जिल्ला प्रहरी कार्यालय वीरगञ्जको हिरासतमा राखिएका छन्।

प्रहरीका अनुसार, स्थानीय बासिन्दाबाट साहेब खाँ कटुवा पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा विशेष टोली खटाइएको थियो। जाँचको क्रममा उक्त पेस्तोल पत्ता लागेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले पुष्टि गरे अनुसार, खाँ विरुद्ध हातहतियार सम्बन्धी मुद्दा दर्ता गरिएको छ र थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update