Birgunj News24
वीरगंज–२३ प्रसौनी बिर्तामा १० हजार निःशुल्क बिरुवा वितरण।

वीरगंज, साउन १७

वीरगंज महानगरपालिका–२३ स्थित प्रसौनी बिर्तामा शनिबार करिब १० हजार निःशुल्क बिरुवा वितरण गरिएको छ। डिभिजन वन कार्यालय पर्सा र सवैया साझेदारी सब डिभिजन कार्यालयले उपलब्ध गराएको सिसौ, साल, सपेता र आम्ला प्रजातिका बिरुवाहरू स्थानीय बासिन्दाहरूलाई प्रदान गरिएको हो।

यो अभियान नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष तथा संविधान सभाका पूर्व सदस्य विचारी यादवको पहलमा, सवैया साझेदारी सब डिभिजनका पूर्व अध्यक्ष लखनलाल साहको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रमको क्रममा यादवले भने, “निःशुल्क बिरुवा वितरणबाट वातावरण हराभरा बनाउने हाम्रो प्रयास हो। यसले हरियाली कायम गर्न मद्दत गर्नेछ।”

उनले थपे, “वातावरण संरक्षण र हरित विकासमा स्थानीय जनसहभागिता बढाउँदै लैजाने लक्ष्यसहित यो अभियान अघि बढाइएको हो।”

स्थानीयबासीहरूले पनि यस्तो अभियानले वातावरणीय सन्तुलन र सामुदायिक सचेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update