Birgunj News24
झौवामा सिचाइ बोरिङ जडान,किसानहरु हर्षित, श्रावण १६ गते, पर्सा।

बिन्दवासिनी गाउँपालिका वडा नम्बर -३ झौवामा मधेश प्रदेश सरकारबाट प्राप्त पावरड्रील बोरिङको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले उदघाटन गरेका छन् । यो बोरिङ द्वारा करिब २०० बिगहा खेतमा सिचाइ हुने क्षमता रहेको छ। खडेरी परेको बेला यो बोरिङ यहाँका किसानको लागी सन्जिवनी बनेको छ जिल्ला अध्यक्ष सरार्फले बताए । जनमत पार्टी किसान आन्दोलनको जगमा स्थापित भएकोले सदैव किसानको हकमा काम गरिरहेको अध्यक्ष सरार्फले जिकिर गरे।
 कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य अनिता रौनियार ,सन्तोष साह,प्रदेश सदस्य राजनरायण मिस्रा,बिन्दवासिनी पालिका कमिटीका अध्यक्ष बिनोद(ललन) चौरसिया, वडा समिति अध्यक्ष रामबाबु चौरसिया, किसान जनमत संघका जिल्ला संयोजक बिनोद कुशवाहा, वीरगन्ज महानगर संयोजक संजय सिह,लोकेश कर्ण, संजय सरार्फ,देव यादव लगायत स्थानीय किसानहरुको उपस्तिथि रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update