
श्रावण १४ गते,
जनमत पार्टी जिल्ला पार्टी कार्यालयमा आयोजित नियमित पार्टी प्रवेश कार्यक्रममा वीरगन्ज वडा नम्बर -१४ का राकेश कोइराला ,वीरगन्ज -७ का उज्ज्वल लामा,वीरगन्ज -४ का राजु बस्नेत , वीरगन्ज -२४ का देव शंकर यादव ,रोहित गिरि,प्रदिप यादव ,वीरगन्ज -९ का अब्दुल आलम,वीरगन्ज -१६ का रोहित यादव ,वीरगन्ज -११ का मो.शारुख, वीरगन्ज -१२ का मनोज साह ,छिपहरमाई गापा-३ का चन्देश कुमार लगायतका प्रभावशाली युवाहरु जनमत पार्टीको सदस्यता ग्रहण गरि पार्टीमा आबद्ध भएका छन् ।यसैगरी वीरगन्ज वडा नम्बर -१४ का एक दर्जन महिलाहरु जनमत पार्टीमा प्रवेश गरेकी छिन् । प्रवेश गर्नेहरुमा नितु देवी ,रीमा देवी ,सरिता देवी ,प्रमिला कुमारी देवी ,सुमन कुमारी देवी,सुनिता देवी पटेल ,पुनम पटेल लगायत रहेका छन् ।
पार्टी प्रवेश गर्नेहरूलाई जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद,रम्भा मिश्रा, प्रदेश सदस्य राजनरायण मिश्रा लगायतले सदस्यता बितरण गरि पार्टीमा स्वागत गरेका छन् । कार्यक्रममा महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल,सचीव लोकेश कर्ण, क्षेत्रीय संयोजक गगन देव यादव ,महानगर युवा संयोजक संजय सिह, युवा नेताहरू निरन्जन कुशवाहा, रोषन शाही ,सहनवाज राकी, बिजेन्द्र यादव ,युवराज सिह, गौरी शंकर पटेल ,नितिम गिरि ,रिना पटेल लगायतको उपस्थिति रहेको थियो ।