Birgunj News24
सीमाक्षेत्रमा तस्करी नियन्त्रणमा तीव्रता: सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको नेतृत्वमा ६ लाखभन्दा बढीको मोबाइल पार्ट्स बरामद।

अभिलाष गुप्ता
वीरगञ्ज, १४ साउन

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर, पर्साको गणपति पदभार सम्हाल्नुभएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्ट को आगमनसँगै वीरगञ्ज सीमाक्षेत्रमा तस्करी नियन्त्रण, सुरक्षा निगरानी तथा रणनीतिक गतिविधिहरू उल्लेखनीय रूपमा प्रभावकारी बनेका छन्।

एसपी भट्टको नेतृत्वमा खटिएको टोलीले २०८२ साउन १४ गते भारतबाट भन्सार छली गरि ल्याइएको अनुमानित रु. ६,७७,६३६ बराबरको मोबाइल पार्ट्स र त्यस कार्यमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजारा ले जानकारी दिनुभएको छ।

उक्त कारबाही वीरगञ्ज महानगरपालिका–१७ स्थित ICP चोक क्षेत्रमा गरिएको हो। यस अपरेसनले सशस्त्र प्रहरी बलको समयमै प्रतिकार्य, उच्च सतर्कता र सशक्त उपस्थिति पुष्टि गरेको छ।

रणनीतिक नेतृत्व र कडाइका प्रतीक 
एसपी पुरन चन्द्र भट्टलाई एक कुशल रणनीतिकार, संगठित अपराधविरुद्ध कठोर कदम चाल्न सक्ने र निष्पक्ष कारबाही गर्न सक्ने अधिकारीको रूपमा चिनिन्छन। वीरगञ्जजस्तो संवेदनशील र तस्करीका लागि प्रयोग हुने सीमा क्षेत्रको जिम्मेवारी सशस्त्र प्रहरी बलले समयानुकूल व्यक्तिमा दिएको निर्णय सफल सावित भएको देखिएको छ।

पदभार ग्रहण गरेलगत्तै एसपी भट्टले सीमाक्षेत्रमा भइरहेको साना–ठूला अवैध कारोबार, भन्सार छल, तस्करी लगायतका गतिविधिहरूमा तत्काल प्रतिक्रिया दिन सक्ने प्रणाली विकास गर्न निर्देशन दिनुभएको छ।

सुरक्षा संयन्त्र मजबुत बनाउँदै
एसपी भट्टको सक्रिय पहलका कारण न केवल तस्करी नियन्त्रणमा सफलता मिलिरहेको छ, बरु सीमावासी जनतालाई सुरक्षाको प्रत्याभूति दिने आधार समेत निर्माण भइरहेको देखिन्छ।

सशस्त्र प्रहरी बल, पर्साले आगामी दिनहरूमा पनि सूचना–आधारित, समन्वयपूर्ण र परिणाममुखी अपरेसनहरूलाई निरन्तरता दिने जनाएको छ।

एसपी भट्टले स्वयं “निष्पक्षता, समर्पण र सशक्त कारबाही” लाई आफ्नो कार्यशैलीको मूलमन्त्र बनाउँदै सीमाक्षेत्रको सुरक्षा व्यवस्थामा नयाँ मापदण्ड स्थापित गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update