Birgunj News24
बिरगंज  पर्सामा डिपबोरिङ खन्नु अघि अनिवार्य रूपमा  अनुमति लिनुपर्ने भएको छ ।

बिरगंज पर्सामा डिपबोरिङ खन्नु अघि अनिवार्य रूपमा  अनुमति लिनुपर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको विपद्सँग सरोकार भएका निकायसँगको बैठकले अब डिपबोरिङ जडान गर्नुअघि अनुमतिसहित सिफारिस लिनुपर्ने निर्णय गरेको हो ।

जथाभावी डिपबोरिङ खन्ने क्रम बढेकाले अनुमति लिनुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । शहरी क्षेत्रसहित विभिन्न ठाउँमा जडान गरिएका डिप बोरिङबाट लाभान्वित जनसङ्ख्या र बोरिङको अवस्थासमेत अनुगमन गर्ने निर्णय भएको छ ।

रोपाइँ हुन नसक्दा क्षति व्यहोरेका किसानलाई पर्न गएको क्षतिको मूल्याङ्कन गरी आवश्यकता अनुसार क्षतिपूर्ति वितरण गर्न समितिमा कृषि ज्ञान केन्द्रले तथ्य, तथ्याङ्क एवम् विवरण पेश गर्ने निर्णय भएको छ ।

त्यस्तै नेपाल र भारतबीचमा गण्डक नहरको पानीका सम्बन्धमा भएको लिखित सम्झौता र प्रतिबद्धता अनुसार पानी प्राप्त नभएको र सम्झौता बमोजिम आठ सय ५० क्यूसेक पानी उपलब्ध गराउनका लागि गृह मन्त्रालयमार्फत भारत सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update