Birgunj News24
खानेपानीमन्त्री  प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन् ।

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन् ।

आज पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको “निर्मल बस्ती खानेपानी आयोजना” उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जलसङ्कटको सामना गरिरहेका बताए ।

“तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको छ । अब सहानुभूति हैन, साझा जिम्मेवारी आवश्यक छ,” उनले भने, “खानेपानी सङ्कट मधेश प्रदेशको मात्रै समस्या हैन, यो हाम्रो साझा चुनौती हो । सङ्कट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ ।”

त्यसैगरी मन्त्री यादवले तराई–मधेशमा विकराल समयमा पनि आफू सहित सिङ्गो मन्त्रालय नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिएको जानकारी गराए ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update