Birgunj News24
गौतम माध्यमिक विद्यालयमा विद्यार्थी परिषद् २०८२ को पदभार, शपथ तथा ब्याच वितरण समारोह भव्य रूपमा सम्पन्न ।

बिरगंज, ०८ साउन

गौतम माध्यमिक विद्यालय, वीरगंजमा विद्यार्थी परिषद् २०८२ को पदभार तथा शपथग्रहण एवम् ब्याच वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। विद्यालयको सभागृहमा आयोजित सो कार्यक्रममा विद्यार्थी नेतृत्व, अनुशासन, सामाजिक उत्तरदायित्व र सशक्तिकरणलाई मूर्त रुप दिँदै नव निर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरे।

समारोह विद्यालयका प्रधानाध्यापक तथा परिषद्का अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथिको रुपमा नेपाली सेनाकी मेजर श्रीमती रेनु शाहको आतिथ्यमा सम्पन्न भएको थियोे। प्रमुख अतिथि शाहले राष्ट्र निर्माणको आधार शिक्षामा रहेको बताउँदै विद्यालयस्तरमै यस्ता नेतृत्वदायी कार्यक्रमहरूले विद्यार्थीमा नेतृत्व क्षमता, जिम्मेवारी र सेवाभाव जागृत हुने विश्वास व्यक्त गरिन्। उनले भनिन् "विद्यार्थी जीवनमा सिकाइसँगै नेतृत्व विकास हुनु अत्यन्त आवश्यक छ। यो कार्यक्रमले विद्यार्थीहरूलाई जिम्मेवार नागरिक बनाउने दिशामा सशक्त आधार तयार गरेको छ।"

विभिन्न विभाग प्रमुखहरूले गरेका प्रतिबद्धताहरू हेड ब्वाय नमन श्रेष्ठ र हेड गर्ल नियासना श्रेष्ठले विद्यालय र परिषद्को नेतृत्व गर्दै एकता, उत्कृष्टता र प्रेरणाको भावना कायम राख्ने अठोट व्यक्त गरे।शैक्षिक प्रमुख प्रिफेक्ट ब्वायजमा सक्षम बर्णवाल र गर्लमा आयुषी चौरसियाले शैक्षिक वातावरण सुधार्ने संकल्प लिए।अनुशासन प्रमुख प्रिफेक्ट ब्वायजमा अनमोल सिंह र गर्लमा मेघा गुप्ताले मर्यादा र कर्तव्यप्रति कटिबद्ध हुने प्रतिबद्धता जनाए।

खेलकुद प्रमुख प्रिफेक्ट ब्वायजमा निसान रोय र गर्लमा असरीका राज्यलक्ष्मीले टोली भावना र अनुशासित प्रतिस्पर्धाको विकास गर्ने बताए।ईसीए प्रमुख प्रिफेक्ट ब्वायजमा रिजन साह र गर्लमा आरोग्य चापागाईंले सह-पाठ्यक्रम गतिविधिहरूमा सृजनात्मकता अभिवृद्धि गर्ने संकल्प दोहोर्याए।

सामाजिक सेवा प्रमुख प्रिफेक्ट ब्वायजमा याशन्क अग्रवाल र गर्लमा रमा अग्रवालले विद्यालयलाई समुदायसँग जोड्ने कार्य गर्ने बताए।डिजिटल वेलनेस प्रमुख प्रिफेक्ट ब्वायजमा सुभम कुमार गुप्ता र गर्लमा सगुन कर्णले डिजिटल सुरक्षा, सजगता र सन्तुलनको अभ्यास गर्दै अघि बढ्ने प्रतिज्ञा गरे।


कार्यक्रममा ४ वटा हाउस कर्णाली (रेड हाउस),कोशी (ब्लु हाउस), गण्डकी (ग्रीन हाउस),नारायणी (येलो हाउस)
अन्तर्गत सबै निर्वाचित मनिटर तथा विभागीय प्रमुखहरूलाई ब्याच वितरण गरिएको थियो।

कार्यक्रममा विद्यालयका वरिष्ठ शिक्षकहरू रमेश शर्मा, सौराज प्रधान, एलबिन रेन्जर, ललित कर्ण, सुनिल सर, तथा संचारकर्मीहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पत्रकार निरज पिठाकोटे मगर,अभिलाष गुप्ता,मानवसेवा आश्रमका देवेश गुप्ता,एलाड युथ सोसाइटीका संस्थापक अध्यक्ष ओम कुमार झाको सहभागिता रहेको थियो।


कार्यक्रमको संचालन शिक्षक सौराज प्रधानले गर्नु भएको थियो।कार्यक्रमले विद्यालयमा मूल्य, नेतृत्व, सहभागिता र सामाजिक प्रतिबद्धता प्रवर्द्धनमा ठोस सन्देश दिएको सहभागीहरूले बताएका थिए।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update